७ वैशाख २०८१ शुक्रबार
राजनीति

लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत होः बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।

उनले न्यायायपालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए। उनले न्यायाधीश नियुक्तीदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गरे। उनले न्यायपालिकाबाटै समस्या सिर्जना भएकोले त्यसको निरुपण पनि न्यायालय भित्रबाटै हुनुपर्ने बताए।

अध्यक्ष भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनः स्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने कोशिस मात्रै भएको बताए।

प्रकाशित: ११ कार्तिक २०७८ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App