१५ चैत्र २०८० बिहीबार
राजनीति

महानगरका सबै पुरातात्विक तथा ऐतिहासिक सम्पदालाई पहिलो प्राथमिकताः मेयर शाक्य

काठमाडौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ।

शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औँ गणेश मन्दिरको उद्घाटन गरेका छन्। इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताए। महानगर पालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्र्निमाण गरिहेको बताए।  

उनले काठमाडौं महानगरपलिकाभित्र रहेका ३२ वटै वडाका पुरातात्विक तथा ऐतिहासिक कुराहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको बताए। मेयर शाक्यले काठमाडौं आउने पर्यटकहरुले काठमाडौं घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरु जोगाइरहनुपर्ने बताए। उनले काठमाडौंका पुरातात्विक कुराहरुलाई जोगाउनु र पुनर्निर्माण गर्नु महानगरको दायित्व भएकोले पुनर्निर्माणमा दत्तचित्त भएर लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।

मेयर शाक्यले कतिपय स्थानमा पुरातत्व विभागसँग समन्वय हुन नसकेको र गुठिसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको उल्लेख गरे। उनले गुठिको नाममा धेरै सार्वजनिक जग्गा भएकोले महानगरलाई लिजमा दिन पनि आग्रह गरे।

प्रकाशित: २ आश्विन २०७८ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App