१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

बढैयाताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षविरुद्ध मुद्धा

बढैयाताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षविरुद्ध जिल्ला अदालतमा स्थानीयले गाली बेइज्जति मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बर्दियामा मुद्धा दर्ता गरी स्थानीयले तारीख बुझिसकेका छन्।

बढैयातालका बिनु पाण्डे, शुक्रराज सापकोटा र मानबहादुर बुढाले जिल्ला अदालतमा मुद्धा दर्ता गराएका हुन्। २०४३ सालमा मृत्यु भइसकेको गैरनागरिक चिरकु तेलीको नाममा रहेका जग्गा बिक्री भएपछि अपुतालीको जग्गा बिक्री भएको बिषयलाई लिएर अख्तियार अनुसन्धान आयोगको कार्यालय कोहलपुरमा बढैयातालका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष दिपा गौतम लगायतलाई विपक्षी बनाई स्थानीयले उजुरी दर्ता गरेका थिए। उजुरी दर्ता गरेपछि बढैयाताल गाउँपालिकाले पत्रकार सम्मेलन आयोजना गरेको थियो। बढैयाताल गाउँपालिकाको कार्यालयमा आयोजना गरेका पत्रकार सम्मेलनमा गाली र बेइज्जति  गरिएको भन्दै जिल्ला अदालतमा मुद्धा दर्ता गर्न बाध्य भएको पाण्डे लगायतले बताए।

चरित्रमा दाग लाग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको उनीहरुको आरोप छ। बढैयातालमा आपुतालिको जग्गा बिक्री प्रकरण अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष गौतमको कुनै पनि भूमिका नरहेको स्पष्ट पार्न गरेको पत्रकार सम्मेलनमा जथाभावी बोलेर गाली बेइज्जति गरेको भन्दै अध्यक्ष श्रेष्ठ र गौतमलाई प्रतिवादी कायम गरेका छन्। ‘ अपुतालिको जग्गा बिक्री प्रकरण बिस्तृत अनुसन्धानका लागि हामीले अख्तियारमा उजुरी दर्ता गरेका थियौं’, स्थानीय नेपाली कांग्रेसका नेता समेत रहेका पाण्डेले भने ‘पूर्व प्रजिअ, अध्यक्ष, उपाध्यक्ष र हकवाला कायम गर्ने अधिकारी लगायतलाई नाम किटान गरी उजुरी दर्ता र निष्पक्ष छानविन नेपालको सरकारको नाममा रहेका जग्गाफिर्ता गर्न हामीले माग गर्दै आएका थियौं।’  

भिडिओ रर्कड गरेको सिडीसहित अदालतमा बुझाएर वादी शुक्रराज सापकोटासमेत रहेर सबैले मुद्धा दर्ता गराएको पाण्डेले जानकारी दिए। वादीले प्रतिवादीविरुद्ध तीनवर्ष कैद र जरिवाना दुवै माग गरेको पाण्डेले जानकारी दिए।

प्रकाशित: २७ भाद्र २०७८ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App