सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय पनि गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बसेकाे मन्त्रिपरिषदले आयोग विघटन गर्ने निर्णय गरेकाे जानकारी दिए।
यसैगरि, आचरण विपरीत काम गरेको पाइएपछि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने तथा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सल्लाहकार सम्पादक गोपाल खनालले दिएको राजीनामा स्वीकृत गरिएको छ।
सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली, २०७८’ स्वीकृत गरेको छ। निजामती सेवा ऐनअनुसार नेपाल प्रशासन सेवाका सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए।
प्रकाशित: १९ श्रावण २०७८ १३:३८ मंगलबार