प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले तीन उपधानमन्त्री, १२ मन्त्री दुई राज्यमन्त्रीको बाँडफाँडसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
प्रधानमन्त्री ओलीले सुरक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र प्रशासन आफैसँग राखी मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद् १७ सदस्यीय रहेको छ। आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्। उनीहरूले पदभार ग्रहण गरिसकेका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा यसरी कार्यविभाजन गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली : सुरक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
रघुवीर महासेठ :उपप्रधानमन्त्री, परराष्ट्र
कृष्णगोपाल श्रेष्ठ :शिक्षा मन्त्री
बसन्तकुमार नेम्वाङ :मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ :मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण :मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी: मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ :मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
प्रकाशित: २१ जेष्ठ २०७८ १६:३४ शुक्रबार