१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टीभित्रको परिस्थितिमा कुनै बद्लाव नआएको भन्दै झाँक्रीले भनिन्: अहंकार उस्तै छ

नेकपा एमालेका नेतृ रामकुमारी झाँक्रीले आफूहरु संसद सदस्यहरुबाट राजीनामा गर्न तयार रहेको बताएकी छिन्।

बागमती प्रदेश सभा सदस्यमा विजयी डा. खिमलाल देवकोटालाई सामाजिक सञ्जालमार्फत् बधाई दिँदै नेतृ झाँक्रीले राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? भन्ने प्रश्न मामुली भएको बताएकी हुन्।  

सामाजिक सञ्जालमा उनले यसरी लेखेकी छन्, ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो। तर अहिले पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं। पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ। अन्यायको विरुद्ध बिद्रोह निश्चित छ।

डा. देवकोटालाई बधाई।’

प्रकाशित: ६ जेष्ठ २०७८ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App