सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले ३ बजेसम्म ५० प्रतिशत मत खसिसकेको बताए।
१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा १७ लाख १६ हजार ६६० मतदाता छन। प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १५:२४ बिहीबार





