८ वैशाख २०८१ शनिबार
राजनीति

कार्यकारीका अगाडी संवैधानिक निकाय लाचार बन्यो ः–पुन

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव सुमहका स्थायी कमिटी सदस्य वर्षमान पुनले कार्यकारीको अगाडी संवैधानिक निकाय लाचार बनेको टिप्पणी गरेका छन् । रिर्पोटर्स क्लबले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता पुनले निर्वाचन आयोग प्रति लक्षित गर्दै त्यस्तो टिप्पणी गरेका हुन ।  

निर्वाचन आयोगले आइतबार कानुनी रुपमा नेकपा फुट्न नमिल्ने भन्दै पुरानै अवस्थालाई मान्यता दिएको थियो । पुनले निर्वाचन आयोगमा निर्णय क्षमता नै नदेखिएको पनि बताए । उनले नेकपा विभाजनका सम्बन्धमा आयोगले विवाद पन्छाउने काम गरेको भन्दै अयोगले संवैधानिक र कानुनी जिम्मेवारी पुरा गर्न नसकेको बताएका हुन् ।

‘आयोगले आफ्नो संवैधानिक र कानुनी जिम्मेवारी प्रयोग गरेन । आयोगमा निर्णय गर्ने क्षमताको अभाव देखियो,’ पुनले भने । ‘नेकपाको ४४१ जना केन्द्रीय सदस्यलाइ मान्यता दिएको आयोगले ७० प्रतिशतको हस्ताक्षरमा भएको निर्णयलाइ बैधानिकता दिनुपथ्यार्,े’उनले भने । हिजो निर्वाचन आयोगले गरेका निर्णयले कार्यकारीका आगाडी संवैधानिक निकाय लाचार भएको पुष्टि भएको उनको भनाइ थियो । अब आयोग मार्फत जाने की अदालत मार्फत भन्नेबारे पार्टीले छिट्टै धारणा बनाएर अगाडी बढ्ने उनले बताए ।  

प्रम केपी शर्मा ओलीले संविधान कुल्चेर उठाएको कदम संसद पुर्नस्थापना भएमात्रै सच्चिने पनि उनले बताए । अहिले ओली र उनका मन्त्रीहरु राज्यकोषको दुरुपयोग गर्दै अर्को समुहका नेताहरुलाइ गाली गर्न देश दौडाहामा निस्केको भन्दै उनले पदको मर्यादा राख्न सुझाव दिए । पुर्व उर्जामन्त्री समेत रहेका पुनले अहिलेका उर्जामन्त्री टोपबहादुर रायमाझीलाइ  गुटबन्दी र भाषणका लागि जिल्लामा दौडन छोडेर मन्त्रालयमा बसेर काम गर्न सुझाव दिए ।

प्रकाशित: १२ माघ २०७७ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App