१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले आफ्नो स्वेच्छाचारी चरित्र आफैंले उदांग पारे : भीम रावल

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेर आफ्नो निरंकुश चरित्र आफैंले उदांग पारेको टिप्पणी नेकपा (प्रचण्ड-माधव) पक्षका स्थायी कमिटी सदस्य भीम रावलले गरेका छन्। 

आफैंले संसद् विघटन गरी चुनावको मिति तोकेर राजीनामा दिनुको सट्टा उल्टै मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको खिल्ली उडाएका आरोप उनले लगाएका हुन्।  

‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासकझैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्,’ शनिबार नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेका छन्।’

प्रकाशित: ११ पुस २०७७ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App