९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

खोटाङमा शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

दिक्तेलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै जनता समाजवादीका नेता तथा कार्यकर्ता । तस्बिर : दमन राई/नागरिक

संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङले शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ। 

असंवैधानिक ढंगले संसद बिघटन गरेको, कोभिड–१९ को महामारीका बेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरिएको तथा संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै जनता समाजवादी पार्टीले शुक्रबार दिक्तेलमा राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो। केन्द्रीय समितिको पूर्वघोषित कार्यक्रम अनुसार जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले दिक्तेलको रत्नपार्क (किरातचोक)मा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्का शव्दमा नाराबाजी गर्दै पुत्ला जलाएका हुन्।  

संसद विघटनको विरोधमा पुस ८ गते विरोध जुलुस प्रदर्शन गरेको जनता समाजवादीले शनिबार मसाल जुलुस तथा आइतबार बिरोध र्‍याली प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको छ। पुत्ला दहन कार्यक्रममा जनता समाजवादीका केन्द्रीय सदस्य सनबहादुर राई, केन्द्रीय सदस्य तथा प्रदेश समिति सचिव सुर्यबहादुर राई, प्रदेश समिति सदस्य नविन राई, मणी राई, जिल्ला अध्यक्ष अध्यक्ष टंक थापा लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: १० पुस २०७७ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App