१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली समूहको बैठक अवैधानिक, वामदेव र बादल पनि मेरै पक्षमा : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा गरेको केन्द्रीय सदस्यको बैठकलाई ‘अवैधानिक’ भनेका छन्।

आजै दिउँसो बबरमहलमा आफ्न पक्षको केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले ओली समूहको बैठकलाई ‘एउटा गुटको भेला’को संज्ञा दिएका हुन्।  

निर्वाचन आयोगको नियमअनुसार आफूहरूको बैठक भने वैधानिक र आधिकारिक भएको प्रचण्डले दाबी गरे।  

त्यस क्रममा उनले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल आफूहरूका पक्षमा रहेको विषयको पनि चर्चा गरेका थिए।  

साथै सचिवालय सदस्यहरू वामदेव गौतम र रामबहादुर थापा बादल पनि आफ्ना पक्षमा रहेको उनको दाबी छ।

यद्यपि, गौतम र थापा दुवै पक्षका बैठकमा उपस्थित भएका छैनन्।  

ओली पक्षले केन्द्रीय समिति विस्तार गरेको विषयमा टिप्पणी गर्दै उनले नयाँ थपिएका सदस्यलाई आधिकारिकता दिन नसकिने बताए। 

प्रकाशित: ७ पुस २०७७ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App