८ वैशाख २०८१ शनिबार
राजनीति

विधि नमाने ओलीलाई झोलीसहित बालुवाटरबाट जनताले विदा गर्छन् : नेता रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले  वर्तमान प्रधानमन्त्रीलाई विधि र संविधान मानेर बस्न चेतावनी दिएका छन्। नेपाली कांग्रेस तनहुँमा सोमबार दमौलीमो आयोजना गरेको  विरोध सभालाई सम्बोधन गर्दै पुर्व मन्त्रीसमेत रहेका नेता रिजालले विधि नमान्दा अमेरिकी राष्ट्रपति ट्रम्पलाई समेत जनताले विदा गरेकोले प्रधानमन्त्री ओलीलाई हेक्का राख्नुपर्ने बताए।  

संसद अधिवेशन अन्त्य गरेर ओली संसदबाट भाग्ने व्यक्ति दुई तिहाईको नेता समेत नभएको उनको दाबी थियो, ‘संसद अधिवेशन खोल्ने हिम्मत ओलीमा नभएको उनको जनमत छ भनेर कसरी पत्याउने,’ उनले भने।

कोरोनाको कहरमा सरकार चलाएको आन्तरिक कलहमा बस्दा देश वर्बादीतर्फ धकेलिएको रिजालको आरोप थियो। ओली सरकारको दिन सकिएकाले आफ्ना नेता कार्यकर्ताविरुद्ध आक्रमणमा उत्रिएको रिजालले बताए। ‘पाँच वर्षका लागि नेकपालाई मान्न तयार भए पनि जनताले दिएको मतको अपमान गर्न भने सक्दैनौँ,’ उनले भने।  

‘जनताले पाँच वर्षका लागि काम गर्न पठाएको बताउदै रिजालले रामचन्द्र पौडेललाई आक्रमण गर्न गर्नका लागि जनताले मत नदिएको बताए। ‘लोकतन्त्रको सिद्धान्तमा अपमान गर्न मत दिएको हैन। संविधानको अपमान गरेको हामी सहन तयार छैनौं,’ उनले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा बसेर पार्टीको गुट चलाएको रिजालको आरोप थियो। ‘कम्युनिष्टको नेता बन्ने रहर छ भने शितलनिवास त्यागेर आउनु्स्,’ उनले भने। सरकारले किसानको माग सम्बोधन गर्न नसकेको उखु किसान समेत अहिले आन्दोलनमा उत्रिएको उनको भनाई थियो।  

त्यस्तै  रामचन्द्र पौडेलाई मंसिर १७ गते व्यास नगरपालिका १,१० र ११ जोड्ने बुल्दी खोला मोटरेवल पुल उद्घाटन गर्न जाने क्रममा सिडियोको व्यावहार राम्रो नभएको उनले बताए। सिडियो भएर प्रधानमन्त्री केपि वलीको अरिगाँल भएर काम नर्गन समेत उनले चेतावनी दिए।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द्र भट्टराईले  पुल उद्घाटनको विषयमा प्रशासनले गरेको  सत्ताको आडमा प्रशासनको दुरुपयोग गरेको थियो। संविधान बनाउनेलाई लाठी हानेर लोकतन्त्रको उपहास गरेको बताए।  

विरोध सभा पुर्व नेपाली कांग्रेस तनहुँले शक्ति प्रर्दशन समेत गरेको छ। नेपाली कांग्रेस तनहुँले  बर्तमान सरकारको  अधिनायकवादी र भ्रष्ट चरित्र विरुद्ध कार्यक्रम गरको बताएको छ। नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालय विपी स्मृति भवनबाट हजारौँको संख्यामा निस्केको  नेपाली कांग्रेस का कार्यकर्ताले नाराबाजी सहित बजार परिक्रमा गरेका थिए। विरोध ¥याली सफासडक, मुख्यचोक, पृथ्वीराजमार्ग हुर्दै गणेशमानचोक हुर्दै कार्यक्रम स्थल अनचौतारीमा पुगी सभामा परिणत भएको थियो। विरोध सभामा कांग्रेस नेता तथा कार्यकर्ता गाउँ गाउँबाट दमौलीमा झरेका थिए।  

प्रकाशित: २९ मंसिर २०७७ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App