४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'सरकार संविधानप्रति इमान्दार देखिएन'

फाइल तस्बिर।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधानप्रद्दत्त अधिकार कुन्ठित गर्न लागिपरेको आरोप लगाएका छन् । गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनाराण निधि प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार त्यसप्रति अनुदार बन्दै गएको बताए ।

शान्तिपूर्ण रूपमा भेला हुने, बोल्ने, लेख्नेसहितका अधिकारलाई संविधानले ग्यारेन्टी गरेको जनाउँदै देउवाले संविधानले दिएको अधिकारलाई र्निवाध प्रयोग गर्ने र गर्न पाउने अधिकारको सुनिश्चित गराउने दायित्व सरकारको भएको बताए । त्यसले मात्र परिवर्तन र लोकतन्त्रले सार्थकता पाउने उनले बताए ।

तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै संविधानसभाबाट संविधानले लेख्ने र तयसको कार्यान्वयनको एउटा चरण पूरा भए पनि अझै शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको काम बाँकी रहेको देउवाले बताए । बाँकी काम पूरा गर्न सरकार र सत्तारुढ दलले चासो नदेखाएको धारणा राख्दै देउवाले भने, ‘शान्तिलाई ग्यारेन्टी गर्न बाँकी काम छिट्टै पूरा गर्नुपर्छ । सरकारको जिम्मेवार भएर अघि बढोस् ।’

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारले संविधानले गरेका व्यवस्थालाई सरकारले आफूअनुकूल चलाएर त्यसको मर्ममाथि प्रहार गरेको आरोप लगाए । व्यक्तिको सुविधानअनुसार संवैधानिक संरचना नचलाउन सरकारलाई सचेत गराउँदै पौडेलले भने, ‘नेता पनि व्यवस्था र संविधानको दायरामा बाँधीनुपर्छ । सधंै मेरो, सबै मेरो लोकतन्त्र होइन । यो ठालुतन्त्र हो, त्यो अब अन्त्य हुनुपर्छ ।

कार्यक्रममा, उपसभापति विमलेन्द्र निधि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, कांग्रेस नेताहरू मीनेन्द्र रिजाल, रमेश लेखकसहितका विभिन्न व्यक्तिले नेपालको शान्ति प्रक्रिया र महात्मा गान्धीका विषयमा चर्चा गरेका थिए ।

प्रकाशित: १७ आश्विन २०७७ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App