७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्र विखण्डनको खतरा : थापा

रुपन्देही- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र विखण्डन गर्ने तत्व सतहमा देखिएको टिप्पणी गरेका छन्। उनले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सहमती अस्पष्ट र विखण्डनकारी शक्तिलाई खेल्ने अवसर दिनेखालको रहेको बताए। मेची महाकालि राष्ट्रिय स्वाभिमान यात्राका क्रममा मंगलबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले राउतसँगको सहमती अस्पष्ट, अमूर्त र रहस्यमय रहेको बताए। 

‘सम्झौतालाई पटक पटक पढ्यौं, कहिँ कतै विखण्डनलाई छाडेको बुझिन्न’ उनले भने —‘यसले देशलाई खतरा छ।’ उनले राउतको अभिव्यक्तिमा पनि स्वतन्त्र मधेशको मुद्दा छाडेको नआएकाले सरकारले किन हतारमा सम्झौता गर्‍यो भनेर प्रश्न गरे। उनले भने—‘सम्झौतामा विखण्डको मुद्धा छाड्यौ भनेर प्रष्ट लेखिनुपर्ने थियो, सम्झौताका शब्द अस्पष्ट, अमूर्त छ।’उनले जनकपुरमा राउतले हतियार सहित सैन्य दस्ता सार्वजनिक गरेकाले राष्ट्र विखण्डनलाई बढावा दिएको आरोप लगाए। ‘११ बुँदे सहमती एक रहस्मय दस्तावेजका रुपमा आयो’ उनले भने।

उनले सम्झौतामा राउतका कार्यकर्तालाई नेपालमा नागरिकता नभएपनि बस्न मिल्ने आसयको बुँदा उल्लेख गरिएकोमा आपत्ति जनाए। उनले नेपालमा तत्कालिन माओवादीसँग दिल्लीमा भएको शान्ति सम्झौतापछि वैदेशिक हस्तक्षेप बढेको बताए। उनले नेपालमा अहिले ६ वटा नकरात्मक प्रवृत्ति देखा परेको बताए। राष्ट्रि विखण्डन, नयाँ ढंगको माओवादी द्धन्द्धको पुनरावृत्ति, लोकतन्त्रको आवरणमा लुटतन्त्र, एकदलीय तानाशा एव्म बेरोजगारी समस्यालाई नकरात्मक प्रवृत्तिका रुपमा थापाले मापन गरे। उनले नेपालका लागि संसद नियन्त्रित सेरेमोनियल राजतन्त्र र हिन्दु राज्यले मात्रै देशको राष्ट्रियता बचाउन सक्ने बताए।

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App