coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चाँडो अधिवेशन नगरे पार्टी कमजोर हुन्छ : डा कोइराला

फाइल तस्बिर

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चाँडो महाधिवेशन नगरे पार्टी कमजोर हुने बताएका छन्। नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा अयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले यस्तो धारणा राखेका हुन्। पार्टी बलियो बनाउन धवेशन जरुरी रहेको कोइरालाले बताए।

उनले भने, ‘जतिसक्दो चाँडो महाअधिवेशन नगरे पार्टी कमजोर हुन्छ।’ कोइरालाले २०७६ फागुन १४ गतेभित्रै पार्टीको महाअधिवेशन सम्पन्न गरिसक्नुपर्ने बताए। देश संघियतामा गइसकेको अवस्थामा पार्टी पुरानै पद्धतिले चल्न नसक्ने कोइरालाको भनाइ छ। उनले भने, ‘देश संघीयतामा गएपछि प्रदेश र स्थानीय तह बनेको छ। पार्टीको विधान पनि सोहीअनुसार परिमार्जन भइरहेको छ। स्थानीय तहहरू निर्माण हु“दा पुराना गाउँपालिका गाभिएका छन्। नगरका वडाहरू पनि गाभिएका छन्। अहिले एउटै वडाका ३–४ वटा अध्यक्ष कायम छन्।’

उनले लोकतान्त्रिक फेरमसँगको एकीकरणका कारण पार्टीका पदाधिकारीबीच पनि अन्योल देखिएको बताए। अहिले देखिएका सबै समस्या समाधानको उपाय भनेको जतिसक्दो छिटो महाअधिवेशन सम्पन्न गर्नु रहेको उनको भनाइ थियो। आगामी महाअधिवेशनमा पार्टी सभापतिमा उठ्नेबारे अहिलै घोषणा गर्ने बेला भइनसकेको कोइरालाले बताए। ‘पार्टीको पदाधिकारीमा उठ्ने विषय समयले बताउ“छ,’ उनले भने, ‘अहिलै घोषणा गर्ने बेला भइसकेको छैन।’

हालै सम्पन्न महासमितिको बैठक कांग्रेसको इतिहासमै विचित्रको भएको कोइरालाको टिप्पणी छ। महाधिवेशन प्रतिनिधिलाई रातिको खाना आफैं खानु भनिएको र हरेक दिन नेताहरूले व्यक्तिगत रूपमा खाना खुवाएर विचित्र काम गरेको नै गरेको उनले बताए। नेतृत्वको विचित्रको गतिविधिले महासमिति सदस्यहरू आक्रोशित भएको कोइरालाको भनाइ थियो। कांग्रेसमा हिन्दु राष्ट्रका विषयमा चर्चा भइरहे पनि कोइरालाले भने आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए। तर, प्रलोभनमा धर्म परिवर्तन र राष्ट्रिय जनावर गाई भएकाले गौवधलाई दण्डनीय बनाउनुपर्ने धारणा राखे। कांग्रेसको २५ सदस्यीय संसदीय समिति ठूलो भएकोमा पनि कोइरालाले असन्तुष्टि पोखे।

प्रकाशित: १८ पुस २०७५ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App