३ आश्विन २०७७ शनिबार
राजनीति

उपेन्द्र यादवकाे पार्टी सरकारमा जाने, नेकपासँग सहमति पत्रमा हस्ताक्षर

काठमाडौं– संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सहमतिको आधारमा संविधान संशोधन गर्नेगरी सरकारमा जान सहमति भएको हो ।

‘आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरूका सम्बन्धमा संविधान संशाेधनसँग सम्बन्धित विषहरू देश र जनताकाे पक्षमा अापसी सहमतिकाे अाधारमा संविधान संशाेधन गरी सम्बाेधन गरिनेछ,' सहमतिपत्रमा भनिएकाे छ, 'सरकारद्वारा गर्न सकिने कामहरू सरकारकाे नीति र कार्यक्रममा समावेश गरिनेछ। उपराेक्त कार्यहरू अान्तरिक गृहकार्यगरी सहमतिमा समाधान गरिनेछ।'

 

प्रकाशित: १४ जेष्ठ २०७५ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App