२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पूर्व राष्ट्रपति विद्यासँग बालेनको भेटघाट, के-के भयो कुराकानी ?

<br>

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्केन घोषणा गरेपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ।

नेकपा एमाले र नेकपा माओवादी र अन्य दलका नेताहरुले समेत भेटघाटलाई तीव्रता दिएका छन्। पूर्व राष्ट्रपति भण्डारीले पनि भेटघाटलाई सहज बनाउँदै लगेकी छिन्।

राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि भेटघाट गरेका छन्।

बिहीबार दिउँसो नेकपा एमालेका एक नेतालाई साथ लिएर गएका बालेनले पूर्व राष्ट्रपति भण्डारीसँग करिब एक घण्टा बिताएका थिए। पूर्व राष्ट्रपति भण्डारीसँग भेटघाटमा लागि काठमाडौंका एक नेताले समय मिलाएका थिए। उनै नेताले बालेनलाई लिएर पुगेका थिए।

काठमाडौं  क्षेत्र नं-९ बाट निर्वाचित एमाले सांसद कृष्णगोपाल श्रेष्ठले बालेनलाई लिएर भंगाल पुगेका थिए। ‘सांसद कृष्णगोपाल श्रेष्ठले लिएर आउनु भएको थियो’, पूर्वराष्ट्रपति निकट रहेका एक नेताले भने।

बालेन पुग्नु अघि भंगालस्थित पूर्व राष्ट्रपति निवासमा कोशी प्रदेशका पूर्वमूख्यमन्त्री शेरधन राईपनि त्यही रहेका थिए। भण्डारी केही पारिवारिक भेटघाटमा रहेका बेला सांसद श्रेष्ठले समय लिएर भेटघाट गराएका थिए।

पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राइले भने भेटघाटबारे आफूलाई जानकारी नभएको बताए। उनले सबै भेटघाटबारे आफूलाई जानकारी नहुने बताएका छन्। सांसद कृष्णगोपाल श्रेष्ठसँग भने सम्पर्क हुन सकेन।

पूर्व राष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवा सुविधा फिर्ता गरेकी थिइन। काठमाडौं महानगरपालिकाका मेयर बालेनले भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको स्रोतले जनाएको छ।

यद्यपि उनीहरूबिच राजनीतिक र काठमाडौं महानगरपालिकामा देखिएको समस्याको विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ। सोही दिन नेकपा माओवादीका केही उच्च नेताहरुले पनि भेटघाट गरेका थिए।

पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्कने घोषणा गरिसकेकी छिन्। उनले असार १४ गते नै एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिएकी थिइन।

एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिएपछि एमालेभित्र अब दुईलाइन सङ्घर्ष हुने आङ्कलन गरिएको छ।

प्रकाशित: २२ असार २०८२ १६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App