नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले १० जना नेताले पार्टी सभापति मलाई बनाइदिनुस् भनेर पार्टी र देशका समस्या समाधान नहुने बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै रिजालले यस्तो बताएका हुन्।
‘दश जनाभन्दा बढी नेताले सभापति मलाई बनाइदिनुस् । बाँकी समस्या समाधान हुन्छ भन्छन्,’ रिजालले भने, ‘त्यो भन्दाबाहेक अन्य सुनिएको छैन । यसरी पार्टी सङ्गठन बन्दैन।’ पार्टी लोकतान्त्रिकभन्दा पनि अराजक हुन थालेको बताउँदै रिजालले बिस्तारै अराजक पार्टीको रूपमा प्रस्तुत हुने त होइन भन्ने आशंसा व्यक्त गरे ।
नेता रिजालले भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाएको पनि टिप्पणी गरे । निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाएको धारणा राख्दै रिजालले भनेको कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने,‘महाधिवेशन प्रतिनिधि उत्पादन गर्न भ्रातृ संस्था गठन ग¥यौं, भाग मिलाउन गठन ग¥यौँ । तर, न भ्रातृ संस्थानले पार्टी सङ्गठन बलियो बनाउँछ । न जनसम्पर्क समितिले पार्टी सङ्गठन बलियो बनाउँछ।’
प्रकाशित: २२ असार २०८२ १४:४५ आइतबार