स्पेनको साताव्यापी भ्रमण सकेर शुक्रबार (आज) स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरूसँग भेट नगरी निस्किएका छन्।
आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका प्रधानमन्त्री ओली पत्रकारहरूसँग भेट नगरी निस्किएका हुन्।
प्रधानमन्त्री ओलीको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रेस-ब्रिफिङ गरेका छन्। सचिव राईले प्रधानमन्त्री नआउने र ब्रिफिङ आफूले गर्ने बताए।
'योभन्दा अगाडि पनि राष्ट्रप्रमुखको भ्रमण गर्दाखेरि परराष्ट्र मन्त्रालयको प्रवक्ता अथवा सचिवबाट प्रेम मीटहरू हुने गरेका छन्। र, यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो। यहाँहरूले यही ढङ्गले यसलाई बुझिनुपर्छ,' सचिव राईले भने।
प्रकाशित: २० असार २०८२ १७:५४ शुक्रबार





