२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

'रोगी' बनाइएको न्याय प्रणालीबाट 'निरोगी फैसला' हुन्छ भन्ने आशा नै बेकार हो : कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले 'रोगी' बनाइएको न्याय प्रणालीबाट 'निरोगी फैसला' हुन्छ भन्ने आशा नै बेकार रहेको टिप्पणी गरेका छन्।

'पार्टीका दाइ र कमरेडहरू भेला पारेर 'रोगी' बनाइएको न्याय प्रणालीबाट 'निरोगी फैसला' हुन्छ भन्ने आशा नै बेकार हो। त्यो आशाबाट बाहिर निक्लौँ। दलहरू र तिनका नेता कार्यकर्तालाई आफ्नो थान्कोमा राखौँ,' कार्कीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले शिक्षालय, कर्मचारीतन्त्र, न्यायालयमा दल पस्न दिन नहुने पनि बताएका छन्। अबको आन्दोलन दललाई सीमामा बाँध्ने हुनुपर्ने भनाइ उनको छ। 'दलतन्त्र र नेतातन्त्रबाट राज्यका गैरदलीय संरचनाहरूलाई मुक्त गर्नु हो। लोकतन्त्र भन्ने गरेको शक्ति पृथकीकरणलाई व्यवहारमा अभ्यास गर्नु हो,' उनले लेखेका छन्।

सर्वोच्च अदालतले गत असार १८ गते ५२ संवैधानिक नियुक्तिको सम्बन्धमा गरेको फैसलाको सन्दर्भमा कार्कीले यस्तो टिप्पणी गरेका हुन्।

प्रकाशित: १९ असार २०८२ २१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App