१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

रौतहटमा जलाइयो निजामती विधेयक

प्रतिनिधि सभाबाट बहुप्रतिक्षित निजामती विधेयक पारित भएकै दिन रौतहटमा यसको विरोधमा प्रदर्शन भएको छ।

आम जनता पार्टी (आजपा), नेपालका कार्यकर्ताहरूले विधेयकलाई ‘कर्मचारीमारा’ र ‘विष समान’ भन्दै जिल्लाको गरुडा र मौलापुरमा जलाएका छन्।

आइतबार गरुडामा आजपाका केन्द्रीय सदस्य रविन्द्र यादव र मौलापुरमा आम विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा विरोध प्रदर्शन भएको हो।

प्रदर्शनकारीहरूले विधेयकको विरोधमा लेखिएका पम्पलेटहरू जलाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

कार्यक्रममा बोल्दै आजपाका केन्द्रीय सदस्य रविन्द्र यादवले यो विधेयक देश र कर्मचारी कसैको पनि हितमा नभएको आरोप लगाए। उनले भने, ‘यो विधेयक कानुन बनेमा देशको निजामती संरचना नै ध्वस्त हुनेछ।’

त्यसैगरी, विद्यार्थी नेता विवेक साहले विधेयकले निजामती सेवाप्रतिको आकर्षण घटाउने र इमानदार कर्मचारीको मनोबल गिराउने दाबी गरे।

रौतहटको प्रदर्शन आजपाको केन्द्रीय नीतिअनुसार नै भएको हो। यसअघि पार्टी अध्यक्ष प्रभु साहले प्रतिनिधि सभामा पनि विधेयकको चर्को विरोध गरेका थिए।

आजपाका नेताहरूले निजामती विधेयकमा रहेका कर्मचारी विरोधी प्रावधानहरू नसच्याएसम्म आफ्नो विरोध निरन्तर जारी रहने बताएका छन्। उनीहरूले विधेयकमा तत्काल सुधार गरी कर्मचारीको हितमा संशोधन गर्न माग गरेका छन्

प्रकाशित: १६ असार २०८२ २०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App