२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

महत्त्वपूर्ण विधेयकको छलफलमा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले प्रमुख ५ दलका मुख्य सचेतकहरूसँग छलफल गरेका छन्।

आइतबार दिउँसो सभामुख घिमिरेले ५ दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गरिरहेका छन्। 

छलफलमा सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखले आह्वान गरेका छन्।

महत्त्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो नभएको भन्दै उनले सो आग्रह गरेका हुन्।

निजामती शिक्षा जस्ता सङ्घीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन घिमिरेले अनुरोध गरेका छन्। 

प्रकाशित: १५ असार २०८२ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App