२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

ओलीको दाबी: महाकाली सन्धि ठिक छ, कार्यान्वयन हुन्छ

 प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको महाकाली सन्धिमा देश नबेचिएको दाबी गरेका छन्। मदन भण्डारी फाउन्डेसनले मदन जयन्तीका अवसरमा शनिवार आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

‘२०५४ सालमा पार्टी विभाजन गरियो, नहुनुपर्थ्यो। कुनै इस्यु थिएन, नक्कली इस्यु थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘महाकालीको इस्यु भनेको जसलाई त्यतिखेर राष्ट्रवादको झन्डा देखाएर महाकाली–महाकाली भन्दै कुद्ने एउटा स्थिति भयो, नक्कली, आडम्बरी पाखण्डी कुरा थियो त्यो। त्यसमा कुनै दम र सहीपन थिएन।’

अहिले पनि महाकाली परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको प्रधानमन्त्री ओलीले बताए। उनले भने,  ‘अहिले सबै छन् कार्यान्वयन गर्ने पक्षमा । म पनि छु। सम्भवतः निकट भविष्यमै पञ्चेश्वर परियोजना बन्ने स्थिति बन्छ। यो गर्नै पर्ने छ।’ 

त्यही सम्झौताका आधारमा नेपालले बिजुलीको पैसा लिइरहेको त्यस सम्झौता अनुसार दोधारा चाँदनीमा पानी लिइरहेको पनि उनले बताए। ‘त्यो सन्धि ठिक छ, सम्झौता ठिक छ। तर त्यस बेला देश बेचे, मासे, खाए, नदी बेचे खाए भने। केही बेचेको थिएन,’ उनले भने। एमाले देशको स्वाभिमान र देशभक्ति बेच्ने शक्ति नभएको उनले दाबी गरे। 

प्रकाशित: १४ असार २०८२ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App