राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामा छन्। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा छन्।
गत असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा हिरासतबाटै २० पृष्ठ लामो एक दस्ताबेज सार्वजनिक गरेका लामिछानेले आफ्नो पक्षमा हस्ताक्षर अभियानको घोषणा गरे। त्यसअनुसार रास्वपाले अहिले हस्ताक्षर अभियान जारी राखेको छ।
शुक्रबार (आज) मात्रै रास्वपाले काठमाडौं उपत्यकाका १३ स्थानमा ऐक्यबद्धता बुथ राखेको थियो। अब यो अभियानलाई जिल्ला, पालिका हुँदै वडा तहसम्म विस्तार गर्ने रास्वपाले जनाएको छ।
रास्वपाले ऐक्यबद्धता बुथहरूमा उपस्थित भएर हस्ताक्षर गर्नका लागि आह्वान गरिरकेको छ। यहीबीच रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पीडितहरूले अपेक्षित सहयोग नगरेको आश्यको एक फेसबूक स्टेटस लेखेका छन्।
'किन नचिच्याएका ए दुखेका मानिसहरू, किन नउफ्रेका ए थिचिएका मानिसहरू, किन नउठेका ए लडेका मानिसहरू,' परियारले आफ्नो फेसबूक पोस्टमा भनेका छन्।
प्रकाशित: १३ असार २०८२ २१:२५ शुक्रबार





