भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्।
ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (बिहीबार) बिहान प्रस्थान गरेका हुन्। जुन २७ देखि २९ सम्म आयोजना हुने समारोहमा भाग लिन मन्त्री दाहाल इस्तानबुल गएका हुन्।
समारोहमा मन्त्री दाहालले जुन २७ का दिन भुपरिवेष्ठितबाट भुजडीत प्रयास मार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरूका विषयमा सम्बोधन गर्ने छन्।
सो समारोहमा विभिन्न मुलुकका मन्त्रीहरू, उच्चस्तरीय नीति निर्माता, अन्तर्राष्ट्रिय संस्थाहरू तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अगुवा, निजी क्षेत्र तथा विज्ञहरू सहभागी हुने जनाइएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय यातायात मार्गहरूको विकास तथा अभिवृद्धिमा उच्चस्तरीय छलफल हुने छ।
मन्त्री दाहाल ३० जुनमा नेपाल फर्कने कार्यतालिका रहेको छ।
प्रकाशित: १२ असार २०८२ ०८:११ बिहीबार





