१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राजनीतिको फुर्सदमा किताब र प्रविधिमा रमाउँदै मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफू हाल मन्त्री वा सांसदको भूमिकामा नरहे पनि यो समयलाई अध्ययन, चिन्तन र भविष्यको बौद्धिक तथा राजनीतिक तयारीमा उपयोग गरिरहेको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले विगतका चुनावी हारलाई गुनासोको विषय नबनाई आफूलाई अझ परिपक्व बनाउन अध्ययनमा केन्द्रित गरेको बताए।

‘साढे तीन वर्षअघि महामन्त्रीको निर्वाचन हारेँ, त्यसपछि सक्रिय राजनीतिमा केही निष्क्रियता छ,’ उनले भने, ‘तर त्यो हारलाई सम्झिएर दुःखी भइरहने हो भने त्यसले अरूलाई भन्दा मलाई नै दुःख दिन्छ। त्यसैले म यो समयलाई अवसरको रूपमा उपयोग गर्दैछु।’

आफ्नो दैनिकीबारे जानकारी दिँदै डा. रिजालले अहिले आफू अर्थतन्त्र, भूराजनीति र प्रविधि सम्बन्धी पुस्तकहरू पढिरहेको सुनाए।

उनले अमेरिकाले आर्थिक नाकाबन्दीलाई कसरी भूराजनीतिक हतियार बनाउँछ भन्ने विषय समेटिएको ‘चोक पोइन्ट्स’, बजार र राज्य सञ्चालनबारे लेखिएको ‘मार्केटक्राफ्ट’ र फेसबुकले कसरी आम जनताको विचारलाई भन्दा आफ्नो व्यापारिक एल्गोरिदमलाई प्राथमिकता दिन्छ भन्नेबारे लेखिएको पुस्तक अध्ययन गरिरहेको जानकारी दिए।

डा. रिजालले भविष्यमा ‘नेपाली कांग्रेसको सार’ नामक किताब लेख्ने योजनामा रहेको समेत खुलासा गरे। त्यसका लागि आफूले ‘च्याटजीपीटी’ जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको समेत प्रयोग गरेर सम्भावित विषयसूची र खाका तयार गरिरहेको उनको भनाइ थियो।

प्रकाशित: ११ असार २०८२ १९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App