१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपाले गर्‍यो गृहमन्त्रीको अभिव्यक्तिको खण्डन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको अभिव्यक्तिको खण्डन गरेको छ। यसअघि संसद्‌मा बोल्ने क्रममा गृहमन्त्री लेखकले रास्वपाको पार्टी कार्यालय नक्कली पीडित खडा गर्ने थलो बनिरहेको भनेका थिए।

त्यसको खण्डनमा रास्वपा प्रवक्ता मनीष झाले भनेका छन्, 'रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छ।'

उनले रास्वपाले गत जेठ २४ गते 'भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही हुनुहुन्छ भने प्रमाणसहित सम्पर्कमा आउनुस्' भनेर आह्वान गरेको प्रवक्ता झाले बताए। 'त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो। भिजिट भिसाको दुरुपयोगमार्फत मानव तस्करी जस्तो सङ्गठित अपराध विकराल समस्या हो,' उनले भनेका छन्।

उनले विगत १८ वर्षयताका गृहमन्त्रीहरूको छानबिनको मागसमेत गरेका छन्।'विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भनेको छौँ। हाम्रो मुद्दा कोही एक दल र नेताप्रति लक्षित छैन। कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन,' उनले भनेका छन्।

प्रकाशित: ४ असार २०८२ १७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App