भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आएको रास्वपाका सांसदहरू निलो रङको खादा लगाएर संसद गएका छन्।
मंगलबार संसद भवन प्रवेश गर्नुअघि रास्वपाले विरोधको फरक शैली अपनाएको छ। रास्वपाका सबै सांसदहरूले निलो रङको खादा लगाएर विरोध जनाएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै रास्वपाले बैठक अवरोध गर्दै आइरहेको छ।रास्वपाले संसदमा नाराबाजी र वेल घेराउ गर्दै आइरहेको छ।
प्रकाशित: ३ असार २०८२ १४:०० मंगलबार





