प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार आगामी एघारौँ विश्व योग दिवसको तयारीका विषयमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
उनले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम गर्नुपर्ने बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिक्षामन्त्री रघुजी पन्त, जीवन विज्ञान संस्थाका प्रतिनिधि लगायत सहभागी छलफलमा तीन वटै तहका सरकारी स्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।
प्रकाशित: २ असार २०८२ १७:०२ सोमबार





