२१ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीले भने: कांग्रेस र एमालेका बीचमा दूरी सृजना गरेर खेल्न सकिन्छ कि भन्ने कोसिस छोडिदिए हुन्छ

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा दूरी सृजना गर्ने कोसिस भइरहेको बताएका छन्। सोमबार (आज) को संसद् बैठकमा भाग लिएका सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

सत्तासीन दल एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले अहिलेको बजेटले आजको यथार्थतामा उभिएर आर्थिक क्रियाकलाप गर्ने आधार दिएको जिकिर गरे। 'जिब्रोको स्वादका लागि यसमा एमाले देखिएन, यसमा कांग्रेस देखिएन, अहिले बेला-बेलामा कोसिस गर्नुहुन्छ, हरेक हप्ता नयाँ-नयाँ गीत गाउनुहुन्छ, यो सरकार अब ढल्छ भनेर। अनेक प्रकारका कोसिसहरू गर्नुहुन्छ, ती कोसिसहरू कामयावी बन्न सकिरहेका छैनन्,' उनले भने।

अर्थमन्त्री पौडेलले बजेटका बारेमा टिप्पणी गर्दा पनि त्यही कोसिस भइरहेको बताए। 'साथीहरूले के कोसिस गर्नुभएको छ भने कांग्रेस र एमालेका बीचमा कहीँ दूरी सृजना गर्न सकिन्छ कि भनेर योचाहिँ कांग्रेसको जस्तो देखिएन, एमालेको जस्तो भयो, अथवा कांग्रेस-एमालेको बीचमा दूरी सृजना गरेर खेल्न सकिन्छ कि भन्ने त्यो बेर्थको कोसिस छोडिदिए हुन्छ। म साथीहरूलाई त्यो आग्रह गर्न चाहन्छु। त्यो ऊर्जा, क्षमता अरु कुनै काममा खर्च गरे हुन्छ,' उनले भने।

प्रकाशित: २ असार २०८२ १६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App