२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

रास्वपा सांसदहरूलाई खतिवडाले भने- मन्त्रीभन्दा पनि अगाडि बस्नुभएको छ, धन्यवाद तपाईंहरूलाई

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई धन्यवाद भनेका छन्।

सोमबार (आज) जारी संसद् बैठकमा भुइँमा बसिरहेका रास्वपा सांसदहरूलाई उनले भने, 'आज मैले केही माननीय सदस्यहरू कुर्सी खाली गरेर माननीय मन्त्रीभन्दा पनि अगाडि बसेको देखेको छु। म सबैलाई धन्यवाद दिन चाहन्छु। आन्दोलन जारी गर्नका लागि पनि बसेको हुनुपर्छ तर, मन्त्रीभन्दा पनि अगाडि बसेकोमा धन्यवाद दिन चाहन्छु।'

यस्तै उनले रास्वपा सांसदहरूको बैठक भत्ता मर्यादापालकहरूलाई दिनका लागि आग्रहसमेत गरे। मानवअधिकारको पनि सन्दर्भ हुने भन्दै उनले भने, 'म अनुरोध गर्न चाहन्छु, आज यहाँ मर्यादापालक साथीहरूलाई; मानवअधिकारको पनि कुरा हुन्छ। अगाडिपट्टि राखेर आफू पछाडिपट्टि बस्नुभएको छ, राप्रपाका माननीय सदस्यहरूले त हाम्रो बैठक भत्ता चाहिँदैन भन्नुभयो, त्यो बैठक भत्ता अगाडि बस्नेहरूको पनि मर्यादापालकहरूलाई प्रदान गरिदिए झन् खुसी हुनेछु। त्यो साहस र आँट गर्न म साहस र आँट पनि गर्न चाहन्छु।'

जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएका रास्वपा सांसदहरू आजको बैठकमा लबीमै बसेका थिए।

प्रकाशित: २ असार २०८२ १६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App