राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सदनमा जबाफदेहिता माग्दा बल प्रयोग गरेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा जबाफदेहिता माग्दा बल प्रयोग गरेको बताएका हुन्।
'आफ्नै नागरिकलाई विभिन्न कानुन बनाइ बेचबिखन गर्ने तस्कर गर्ने यो राज्यलाई कसले जबाफदेही कसले बनाउने। यो राज्य हामीले कस्का लागि बनाएका हौँ। जनतालाई दुख दिन बनाएका हौँ वा जनताका लागि बनाएका हौँ', उनले भने, 'मानव बेचबिखनमा गृह प्रशासन, अध्यागमनको कुरा आइरहँदा हामीले सदनमा जबाफदेहिता माग्दा बल प्रयोग गर्ने ? हामी कराइरहँदा सदन चलाउने ?'
प्रकाशित: २ असार २०८२ १३:१३ सोमबार





