२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दुई बुँदे सहमतिबारे पार्टीमा समीक्षा हुनुपर्छ, भ्रष्टाचारको मुद्दा छोड्दैनौं: श्रेष्ठ

फाइल।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा संसदीय गतिरोध अन्त्य गर्न सत्तापक्ष र प्रतिपक्षबीच भएको दुई बुँदे सहमतिबारे पार्टीभित्र समीक्षा हुनुपर्ने बताएका छन्।

उनले उक्त सहमतिले पार्टीले अघि सारेको सुशासनको अभियानलाई हित गर्छ वा गर्दैन भन्ने प्रश्न महत्वपूर्ण रहेको बताए।

पार्टीको दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले सहमति हुनुअघि र पछि यसबारे पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो प्रत्यक्ष भेटघाट र छलफल नभएको स्पष्ट पारे।

‘अध्यक्षसँग छलफल गरेर एउटा निष्कर्षमा नपुगीकन अहिले नै म केही भन्न सक्दिनँ,’ उनले भने, ‘तर समग्र परिस्थितिको लेखाजोखा गरेर अध्यक्षले त्यस्तो निष्कर्षमा पुग्नुभएको पनि हुनसक्छ।’ 

यद्यपि, उनले भ्रष्टाचारविरुद्धको मुद्दा माओवादीले कुनै हालतमा नछोड्ने प्रतिबद्धता व्यक्त गरे। ‘भ्रष्टाचारको यो स्तरको प्रक्रिया सामान्य होइन। यो मुद्दा हामीले छोडेका छैनौँ र छोड्दैनौँ। भ्रष्टीकरण र भ्रष्टाचारविरुद्धको हाम्रो अभियान जारी रहन्छ,’ उनले भने।

प्रकाशित: ३१ जेष्ठ २०८२ १५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App