२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

देउवा, ओली र दाहालप्रति बाबुरामको कटाक्ष : उहाँहरूको चर्तिकला झन् बढी नाङ्गिँदै जानेछ

पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका प्रति कटाक्ष गरेका छन्।

बिहीबार (आज) काठमाडौंमा आयोजित पार्टीको १०औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भट्टराईले यसरी कटाक्ष गरेका हुन्। उनले यी प्रमुख तीन दल विघटन हुँदै गइरहेको पनि बताए।

'आगामी वर्षहरू चाहिँ ठूलो उथलपुथलको वर्ष हुनेछ। पुराना दलहरूको विघटन भइरहेको छ, अहिले जसरी उनीहरूले आ-आफ्ना खुट्टा तानातान र पोल खोलाखोल गरेका छन्, आगामी दिनमा चाहिँ त्यो बढ्दै जानेछ। मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला झन् बढी नाङ्गिँदैछ,' उनले भने।

यस्तो सन्दर्भमा वैकल्पिक शक्तिहरूको ध्रुवीकरण झन् बढी सान्दर्भिक हुँदै जाने पनि उनले बताए। 'त्यस अर्थमा बृहत् वैकल्पिक शक्तिहरूको ध्रुवीकरणको प्रक्रिया आगामी दिनमा बढेर जान्छ,' उनले भने।

प्रकाशित: २९ जेष्ठ २०८२ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App