२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाका सुदूरपश्चिम सभापतिको पद धरापमा, सोधियो स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टको पद धरापमा परेको छ। पार्टी अनुशासनविरूद्ध गतिविधि गरेको भन्दै विष्टलाई रास्वपा अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ। स्रोतका अनुसार आयोगले उनीमाथि छानबिनसँगै कारबाहीको तयारी गरिएको छ।  

यसअघि गत वैशाखमा प्रदेश सभापति विष्टलाई बर्खास्त गर्न माग गर्दै प्रदेशका ९ वटै जिल्ला सभापतिहरूले संयुक्त रूपमा सुदूरपश्चिम इन्चार्ज हरि ढकाललाई ध्यानाकर्षणपत्र बुझाएका थिए।

विभिन्न ११ बुँदा रहेको ध्यानाकर्षणपत्रमा सभापति विष्टले एकलौटी निर्णय गर्ने गरेको,  बिनाअजेन्डा बैठक सञ्चालन गर्ने, केन्द्रमा झुटो रिपोर्टिङ गर्ने, संगठन निर्माण अभियानहरूमा अवरोध सिर्जना गर्ने, प्रदेश समितिको बैठकमा नक्कली हस्ताक्षर संकलन गर्ने, आफ्ना निकटस्थहरूलाई जिल्ला तहसम्म समन्वयबिना पदमा मनोनयन गर्ने र आलोचना गर्नेहरूलाई गुटबन्दीको आरोप लगाउने जस्ता काम गर्दैआएको आरोप लगाइएको स्रोत बताउँछ।  

प्रकाशित: २९ जेष्ठ २०८२ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App