३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

हामी बढीमा दुई कार्यकाल पार्टीमा रहन्छौँ, पुराना राजनीतिज्ञ जस्तो पचासौं वर्ष होइन : झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनीष झाले पार्टीमा आफूहरू बढीमा दुई कार्यकाल रहने बताएका छन्।

बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।

'हामी बढीमा दुई कार्यकालका लागि आएका छौँ। स्वर्णिम दाइ (पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले) र मैले त सार्वजनिक रूपमै पनि भन्दै आएका छौँ कि बढीमा दुई कार्यकाल है भनेर। हामी १०/१५ वर्षका लागि आएका हौँ। पुराना राजनीतिज्ञ जस्तो पचासौं वर्षका लागि होइन,' उनले भने।

उनले पुराना दलका राजनीतिज्ञहरू चुनावदेखि चुनावसम्मको हतारमा रहेको टिप्पणीसमेत गरे। 'स्वाभाविक रूपमा हामी हतारमा छौँ। ५० वर्षको यात्रामा छैनौँ हामी,' उनले भने।

प्रकाशित: २८ जेष्ठ २०८२ १९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App