२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै फेरि अवरुद्ध

विपक्षी दलले बुधबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नसाथ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लगायत विपक्षी दलका सांसदले उठेर बैठक अवरुद्ध गरेका हुन्।  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लामो समयदेखि विपक्षी दलले संसद अवरुद्ध गर्दैआएका छन्। तर सत्तापक्षले विपक्षको यो मागमा तयार भएको छैन।  

पछिल्लो समय विपक्षी दल गृहमन्त्रीको राजीनामाबाट पछि हटेर छानबिन समितिको माग गरिरहेका छन्। सत्ता पक्षले भिजिट भिसा प्रकरणबारै संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानबिन गरिरहेको भन्दै त्यसमा पनि सहमति जनाएको छैन।  

सत्ता पक्ष र विपक्षी दलबिच लामो समय विकल्पमा छलफल भएपनि सहमति भइसकेको छैन।  

प्रकाशित: २८ जेष्ठ २०८२ १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App