संसद्मा पुन: अवरोध भएको छ। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन्।
यसपछि बैठक आजै आधा घण्टापछि बस्नेगरी स्थगित भएको हो।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै जेठ १४ यता संसद् अवरूद्ध गर्दै आएका छन्।
बैठक आजै दिउँसो २ बजेका लागि बोलाइएको थियो। तर, निर्धारित समयमा नभई ३:४० बजे बसेको बैठक कार्यसूचीमा प्रवेश हुनै नपाई स्थगित भएको हो।
प्रकाशित: २६ जेष्ठ २०८२ १५:३५ सोमबार





