२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपा फकाउन सकेन कांग्रेसले

जेठ १४ यता ‘डेडलक’ संसद् खुलाउने विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) लगभग सहमत भएका छन्। 

तर, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने सहमति जनाएको छैन। रास्वपा फकाउनका लागि कांग्रेस उपसभापति तथा सांसद पूर्णबहादुर खड्का खटिएका छन् तर, रास्वपाले अडान छाडेको छैन। 

यसअघि आइतबार कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने, छानबिनपछि भिजिट भिसा सम्बन्धमा अध्यागमनमा देखिएका समस्याहरूको समाधान गर्न र सुधार गर्न आवश्यक कामबारे सुझाव दिन समिति बनाउने प्रस्ताव गरेको थियो।

माओवादी केन्द्रसहित राप्रपा र एकीकृत समाजवादी भने लगभग यसमा सहमत भइसकेको छन्। तर, रास्वपा भने मानेको छैन।

रास्वपालाई फकाउनका लागि कांग्रेस उपसभापति तथा सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारलगायतसँग छलफल गरेका थिए तर, सहमति जुटेन। यससँगै सोमबार (आज) को संसद् बैठकसमेत अनिश्चित बनेको छ।

प्रकाशित: २६ जेष्ठ २०८२ १५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App