१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

अघिल्लो सरकारको पालामा ल्याइएका आर्थिक क्रान्तिका कार्यक्रमहरू हटाइयो : दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले ल्याएका आर्थिक क्रान्तिका कार्यक्रमहरू हटाएको बताएका छन्।

सोमबार (आज) रिटर्नी सेन्टरको महाधिवेशनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। आफू नेतृत्वको सरकारले आर्थिक क्रान्तिका कार्यक्रमहरू ल्याएको भए पनि अहिलेको सरकारले त्यो हटाएको उनको आरोप छ।

'अघिल्लो सरकारको पालामा हामीले आर्थिक क्रान्तिका लागि जसरी कार्यक्रमहरू ल्याएका थियौँ, ती हटाइयो,' दाहालले भने।

अगाडि उनले भने, 'मैले त्यसबारे पार्लियोमेन्टमा पनि बोलेको थिएँ। हामीले समग्रमा आर्थिक विकास र समृद्धिका लागि त्यसमा पनि खासगरी पिछडिएका मजदुर तथा किसानहरूका र कर्णाली, मधेस, सुदूपश्चिमजस्ता क्षेत्रका लागि विशेष परियोजनाहरू ल्याएका थियौँ, ती हटाइएका छन्।'

प्रकाशित: २६ जेष्ठ २०८२ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App