२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

आज पनि बस्दै प्रतिनिधिसभा बैठक

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् नयाँ बानेश्वरमा आज दिउँसो २ः०० बजे बैठक बस्ने भएको हो।

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लगायतले संसद् अवरोध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो।

हिजो दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भए पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका थिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई सातादेखि निरन्तर संसद् अवरोध गर्दै आएका छन्।

प्रकाशित: २६ जेष्ठ २०८२ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App