२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

भ्रष्ट व्यवस्था र शासकविरुद्ध आन्दोलन जारी : महामन्त्री बर्तौला

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भ्रष्ट व्यवस्था र शासकको अन्त्यका लागि आन्दोलन जारी रहेको बताएका छन्। 

उनले अहिलेको यथास्थितिबाट मुलुक अगाडि बढ्न नसक्ने दाबी गर्दै सर्वसत्तावादी चिन्तनबाट ग्रसित शासकहरूले मनपरीतन्त्र जोगाउन खोजेको आरोप लगाए।  

काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै बर्तौलाले कुनै पनि सरकारले जनताको आवाज दबाउन नसक्ने स्पष्ट पारे। ‘आन्दोलन सकियो, असफल भयो, तुहियो भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो, अहिले ज्वारभाट आउनुअघिको सन्नाटा मात्र हो,’ उनले भने।  

आन्दोलनलाई थप उचाइमा लैजान आवश्यक गृहकार्य भइरहेको उनको भनाइ थियो। ठूलो सङ्ख्यामा युवाहरूको जोस, ऊर्जा र पुरानो पुस्ताको अनुभव समेटेर आन्दोलनलाई टुङ्गोमा पुर्‍याउने उनले दाबी गरे।  

राप्रपा नेपालले काठमाडौंका ११ वटै स्थानीय तहमा समीक्षा र आगामी कार्यक्रमको तयारीका लागि बैठक बस्ने निर्णय गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०८२ २०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App