प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्।
आइतबार बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरू उठेर विरोध जनाएका हुन्।
विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित भएको जानकारी गराए। उनले अर्को बैठक यही जेठ २६ गते सोमबार दिउँसाे २ बजे बस्ने जानकारी गराए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा एवं छानबिन समितिको माग राख्दै विपक्षी दलले सदन अवरुद्ध गरिरहेका छन् ।
प्रकाशित: २५ जेष्ठ २०८२ १८:३६ आइतबार





