१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

देउवा पनि सरकारको गतिसँग सन्तुष्ट नरहेको गगनको खुलासा

‘समीक्षा गरिरहको र्छौँ, सरकार सफल बनाउन लाग्छौँ’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा पनि सरकारको गतिसँग सन्तुष्ट नरहेको खुलासा गरेका छन्। शुक्रबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।  

‘हाम्रो पार्टी सभापतिले पनि भनिसक्नुभयो सरकार जुन गतिमा चल्नुपर्ने हो, जस्तो खालको परिणाम दिनुपर्ने हो त्यो दिन सकिरहेको छैन,’ महामन्त्री थापाले भने, ‘यसमा गम्भीर समीक्षा गरिरहेका छौँ।’

यद्यपि सरकार सफल बनाउन कांग्रेस लाग्ने उनले बताए। ‘सरकारले प्रभावकारी काम गर्न नसकेको भन्ने लागेका कारण सरकारका कामलाई थप प्रभावकारी बनाउने विषयमा केही दिनपटि बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकबाटै निर्णय लिने तयारी गरेका छौँ,’ महामन्त्री थापाले अगाडि भने।  

यस्तै उनले बैठकमा पार्टीबाट सरकार गएका मन्त्रीहरूको कामबारे पनि गम्भीर छलफल गर्ने बताए।

प्रकाशित: २३ जेष्ठ २०८२ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App