२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपा सांसदको माग: १५ दिनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद डा. चन्दा कार्कीले १५ दिनका लागि भए पनि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखेकी छन्। बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो माग राखेकी हुन्। 

‘यत्रो ठुलो तस्करको काण्ड उठिसकेपछि सदनमा प्रतिपक्ष सबै उठेर जब कुरा बोलिराखेका छन् भने माननीय गृहमन्त्रीज्यूले १५ दिन राजीनामा दिए पनि हुन्छ,’ सांसद कार्कीले भनिन्,‘त्यसपछि त फेरि छानबिन भएर त फेरि फर्केर आउन सकिहालिन्छ। त्यसमा कुनै आपत्ति हुनु पर्दैन।’ 

सांसद कार्कीले गृहमन्त्री लेखकलाई उनकै पुरानो अभिव्यक्ति पनि स्मरण गराइन्। ‘यो भिजिट भिसाको कुरा र त्यसमा माननीय गृहमन्त्रीज्यू आफैँले पेस गर्नुभएको मलाई अहिले पनि याद छ। संसद्मा कति वटा उर्दु सायरीहरू पनि भन्नु भएको थियो,’ उनले भनिन्। 

आफूले गृहमन्त्री लेखकको दोष छ भनेर नभनेको पनि रास्वपा सांसद कार्कीले दाबी गरिन्। उनले भनिन्, ‘तर एउटा नैतिकता भन्ने कुरा त आफैँबाट उठ्नुपर्छ। एउटा सुसंस्कृत राजनीतिक अभ्यास गरेको मान्छेबाट त्यो हामीले अपेक्षा गर्छौँ।’ गृहमन्त्री लेखकले पहिल्यै दिनमा राजीनामा दिएको भए उनको उचाइ अझ ठुलो हुने पनि उनले बताइन। 

प्रकाशित: २१ जेष्ठ २०८२ १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App