२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रतिपक्षी दलहरूको बैठक जारी

सत्तारूढ दलले संसद खुलाउन आग्रह गरेपछि प्रतिपक्षी दलहरुले आपसी छलफलमा जुटेका छन्। संसद भवन नयाँबानेश्वरमा प्रतिपक्षी दलहरूकाे बैठक बसिरहेकाे छ। 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्षमा आयोजित यो बैठकमा संविधानको रक्षा, गणतन्त्रको सुदृढीकरण र समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल भइरहेको बताइएको छ। 

बैठकमा सहभागी दलहरूले साझा रणनीति र भावी योजनाबारे विचारविमर्श गरिरहेका छन्। विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भन्दै राजीनामा माग गर्दै आएका छन्। 

प्रकाशित: २० जेष्ठ २०८२ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App