१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सङ्घीय संसदको संयुक्त बैठक ३ बजे*

सरकारको आगामी आर्थिक वर्षको बजेट ३ बजे प्रस्तुत हुने भएको छ।

सभामुख देवराज घिमिरेले सङ्घीय संसदको संयुक्त बैठक ३ बजे बस्ने जानकारी गराएका हुन्।

आजको पहिलो बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेश गरेका थिए । बैठकको सुरुमै प्रतिपक्षी दलहरुले उठेर विरोध गरेपनि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिने बताएपछि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गरेको थियो । 

यसअघिको समाचारमा भुलवस साँझ ५ बजे बजेट प्रस्तुत हुने समय हुन पुगेकोमा सच्याइएको छ - सम्पादक 

प्रकाशित: १५ जेष्ठ २०८२ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App