पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको ग्वान्झाओ पुगेकी छन्।
भ्रमण दलमा रहेका नेकपा (एमाले) नेता कर्णबहादुर थापाका अनुसार भण्डारी आइतबार (आज) दिउँसो ग्वान्झाओ पुगेकी हुन्। थापाका अनुसार भण्डारी नेतृत्वको भ्रमण दललाई ग्वान्झाओस्थित महावाणिज्यदूतले स्वागत गरेका छन्।
यसअघि राष्ट्रपतिको हैसियतमा भण्डारीले २०७६ वैशाख ११ देखि २० गतेसम्म चीनको राजकीय भ्रमण गरेकी थिइन्।
राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीको यो पहिलो भ्रमण हो। बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उनको सहभागिता रहनेछ।
भण्डारीको भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमेत छन्।
यस्तै एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रहेका पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठ, नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापा, सांसद देवी भट्टचन, नेतृ एवम् पूर्वसांसद गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा. कैलाश भण्डारीलगायत छन्।
प्रकाशित: ११ जेष्ठ २०८२ १६:०५ आइतबार





