पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको सचिवालयले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई जवाफ फर्काएको छ।
यसअघि दाहालले भट्टराईलाई 'बुद्धि नभएको डाक्टर' भनेका थिए। यसको जवाफ फर्काउँदै भट्टराईको सचिवालय सदस्य रेखी गुरुङले भनेका छन्, 'प्रचण्ड व्यक्ति हुन् भने बाबुराम विचार। प्रचण्ड मात्र सत्ताका खेलाडी हुन् भने बाबुराम युग परिवर्तनको संवाहक। व्यक्ति केही समय जिउँछ, विचार अजम्बरी।'
गुरुङले भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ नछाडेको भए दाहालको सांसद बन्न सक्ने अवस्था नरहेको पनि उल्लेख गरेका छन्। 'बाबुरामले आफ्नो क्षेत्र (गोरखा) नछोडेका भए राजनीतिक ठगी गर्न सिपालु प्रचण्ड सायद सांसद पनि बन्ने थिएनन यो मानेमा बाबुरामलाइ सोझो र बुद्धि नभएको ठान्ने धेरै गोरखालीहरू मैले पनि भेटेको छु, सुनेको छु। आज बाबुरामले बनाएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी-लोकमार्गमा मर्निङ वाक् गर्दै बाबुरामप्रति खिसिट्युरी गर्नु प्रचण्डले आफ्नै इतिहासप्रति अट्टहास गर्नु हो,' उनले फेसबूकमा लेखेका छन्।
उनले भट्टराईको बुद्धि नभएको भन्नु र दाहाल कम्युनिष्ट हुन् भन्नु आफैँमा दुई ठूला राजनीतिक जोक भएको पनि बताएका छन्।
यो पनि पढ्नुहोस्
बाबुरामविरुद्ध ‘प्रचण्ड वमन’: बुद्धि नभएका डाक्टर!
प्रकाशित: ८ जेष्ठ २०८२ १५:४२ बिहीबार


-600x400.jpg)


