२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

राष्ट्रिय महिला टोली एसियन गेम्समा छनोट हुन असफल

चीनसँग पराजित भएसँगै नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल भएको छ।

तेस्रो स्थानका लागि आइतबार भएको खेलमा नेपाल चीनसँग डीएल नियमका आधारमा ५ विकेटले पराजित भयो।

तेस्रो भएको चीन तथा फाइनलमा पुगेका मलेसिया र थाइल्यान्ड पनि एसियन गेम्सका लागि छनोट भएका छन्।

डर्कवर्थ लुइस नियमका आधारमा ७ ओभरमा ४३ रनको लक्ष्य चीनले अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

यसअघि ७ ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो।

अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले मलेसियासँग पराजित भएपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित: १७ जेष्ठ २०८३ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App